logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्याङ्जा सहयोग समाजमा नयाँ नेतृत्व

    स्याङ्जा सहयोग समाजमा नयाँ नेतृत्व

    4.1K
    Shares

    स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको नेतृत्वमा ३२ सदस्य कार्यसमिति चयन गरेको हो।

    समृद्ध स्याङ्जाका लागि विश्व अभियान भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले सहमतिय प्रणालि मार्फत नयाँ टिम निर्माण भएको छ । सस्थाको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्ष हरु मध्यपूर्व क्षेत्रबाट हरि लुइटेल, एसिया प्यासेफिक क्षेत्र तर्फ नरेश बहादु जिसी र अमेरिका क्षेत्र तर्फ बिरेन्द्र जङ केसि निर्वाचित भएका छन्।

    महिला उपाध्यक्षमा माया केसी,महासचिव मुक्ति सुबेदी, सचिवहरु राजेश पाण्डेय र मीन क्षेत्री, महिला सचिव इन्दिरा खनाल, कोषाध्यक्ष खगेंद्र गैह्रे, सह(कोषाध्यक्ष धर्म पराजुली,युवा संयोजक ओमकार पोख्रेल, महिला संयोजक निर्मला तिवारी, मध्यपुर्ब संयोजक थमन सिङ रानाभाट,एसिया प्यासेफिक संयोजक हरि प्रसाद न्यौपाने रहेका छन्।

    विधानत सदस्यहरु ९ जना कार्यसमिति सदस्य तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहनेछन। कार्यसमिति सदस्यहरुमा गुप्त प्रसाद गैह्रे, नारायण प्रसाद डुम्रे, भरत रोकाह, हुत बहादुर क्षेत्री र एनसिसिहरुबाट अमेरिका (श्रीमती बिमला हमाल श्रेष्ठ, यूएई गोविन्द भट्टराई, दक्षिण कोरिया बिजय थापा, जापान ध्रुब ज्ञवाली, नेदरल्यान्ड राजेन्द्र शर्मा, बेलायत शारदा गुरुङ, स्पेन बिमल गुरुङ, साउदी अरब श्री पारस काफ्ले, अस्ट्रेलिया दिपक क्षेत्री, कतार अजामत अलि, पोर्तुगल अर्जुन अर्याल, बेल्जियम पर्शुराम रेग्मी, फ्रान्स अरुन चाम्रु गुरुङ, मलेशिया  चोलाकान्त पङ्गेनि, जर्मन  श्रीमती निलम सिन्जाली मगर, नर्बे  श्री शालिकराम अर्याल(समन्वय कर्ता) डेनमार्क बिष्णु शर्मा पौडेल, हंङ्कङ इश्वर गुरुङ्ग रहेका छन् ।

    नयाँ कार्यसमितिका केहि पदहरुमा भने मनोनयन हुन बाँकी नै रहेको छ ।  युरोप तथा अस्ट्रेलिया क्षेत्रबाट दुइ जना उपाध्यक्ष, प्रवक्ता, युवा उप–संयोजक, युरोप संयोजक, अमेरिका क्षेत्र संयोजक, अस्ट्रेलिया क्षेत्र संयोजक र ५ जना कार्यसमितिको मनोनयन बाकि रहेको निर्वाचन समिति सदस्य खेम नारायण काफ्लेले बताएका छन् । संस्थाको पहिलो बैठकले यसको टुंगो लगाउनेछ।

    विश्वभरि छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधित्व गर्ने यस सामाजिक संस्थामा १७ वटा भन्दा बढि देशमा राष्ट्रिय समन्वय परिषद(एनसिसि) हरु गठन भएका छन् । 

     

    ज्ञघ ब्ततबअजmभलतक


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend