logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस अधिवेशनः कसले मार्ला बाजी, खाण की गिरी ? 

    कांग्रेस अधिवेशनः कसले मार्ला बाजी, खाण की गिरी ? 

    3.9K
    Shares

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन र नयाँ नेतृत्वमा दुई नेताहरूको विरासत जोडिएको छ । गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी प्रदेश अधिवेशनमा आफ्नो विरासत जोगाउने प्रयासमा छन् । उम्मेदवारभन्दा पनि बढी निर्वाचनको राप यी दुईमा देखिएको छ । 

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय मानिने खाण र संस्थापन इतरका प्रिय मानिने गिरीले आफैले प्रदेशमा उम्मेदवार तयार गरेर चुनावी प्रतिस्पर्धामा लैजाँदा दुई नेता अहिले जुंगाको लडाइमा छन् । आफैले टिकट दिएका व्यक्तिलाई जिताएर लुम्बिनी प्रदेशको आफ्नो प्रभाव जमाइ राख्ने र राजनीतिक विरासत जोगाउने प्रयास दुवैमा देखिएको छ ।  

    खाण कांग्रेस राजनीतिमा रुपन्देहीबाट प्रतिनिधित्व गर्दछन् भने गिरी दाङबाट प्रतिनिधित्व गर्दछन् । संस्थापन पक्षले प्रदेशको उम्मेदवार छनोटदेखि चुनावी कमाण्डर समाल्न गृहमन्त्री खाणलाई जिम्मा लिदएको छ । संस्थापन इतरले गिरीलाई आफ्नो पक्षको उम्मेदवारदेखि चुनावी कमान्ड समाल्न खटाएको छ । 

    दुवै नेताले आफू अनुकूललाई सभापतिदेखि सदस्यसम्मको उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धा गराएका छन् । आफ्नो पक्षलाई जिताएर आफ्नो राजनीतिक विरासत लुम्बिनीमा यथावत् राख्ने जोगाउने दाउमा दुवै नेतालाई चुनौती देखिएको छ । लुम्बिनीमा गिरी तत्कालीन राप्ती अञ्चलबाट प्रतिनिधित्व गराउने गरी रोल्पामा अमरसिंह पुनलाई सभापतिमा उभ्याएका छन् । भने खाणले रुपन्देहीका  भरतबहादुर शाहलाई सभापतिमा उभ्याएका छन् । मतदाताहरूले दुई नेतामा कसको पल्ला भारी बनाइदिएका छन् त्यो भने आइतबार सम्ममा देखिने नै छ । 

    जिल्लासम्मको अधिवेशनमा दुई नेताले आफ्नो प्रभाव जिल्लामा आफू अनुकूल देखाएका छन् । गिरीले पालिका, प्रदेश सभा र प्रतिनिधि समा तथा जिल्ला नेतृत्वमा आफ्नो पक्षकालाई दाङमा जिताएका छन् । नेतृत्वमा ल्याएका छन् । खाँणले पनि आफ्नो क्षेत्रमा सबै तहको नेतृत्व आफू अनुकूल नै बनाएका छन् । तर, प्रदेशमा कसले वाजी मार्छ त्यो भने हेर्न बाँकी छ । लुम्बिनीमा ११ सय ४८ प्रतिनिधिहरू भए पनि १६ सय ३१ प्रतिनिधि मात्रै निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । 

    सभापतिका लागि संस्थापन पक्षबाट भरत कुमार शाह र संस्थापन इतरबाट अमरसिंह पुनः प्यानलसहित चुनावी मैदानमा छन् । लुम्बिनीका एक हजार ६ सय ३१ मत खसेको छ । एक हजार ६ सय ४८ मतदाता रहेकोमा १७ जना अनुपस्थित रहेका छन् । निर्वाचनबाट कांग्रेसमा १ जना प्रदेश सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारी निर्वाचित हुने छन् । खुल्ला सदस्य १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछन् । 

    त्यस्तै खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसी कोटामा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांङग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति निर्वाचित हुने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend