logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लुम्बिनी कांग्रेसकाे सभापतिमा पौडेल निकट पुनको अग्रता

    लुम्बिनी कांग्रेसकाे सभापतिमा पौडेल निकट पुनको अग्रता

    3.7K
    Shares

    बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी रहेको छ ।

    आइतबार दिउँसो ४ः१५ सम्म तीन सय ६५ मत गन्दा संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन् । हाल सम्म उनले दुई सय १६ मत पाएका छन् ।  संस्थापन पक्षका भरतकुमार शाहले एक सय ४७ मत पाएका छन् । उनी पुनभन्दा ६९ मतले पछि छन् ।

    हाल सम्म उपसभापतिमा अष्टभुजा पाठक २०४, भुवन श्रेष्ठ २०८, राजु खनाल १५६, सुधाकर पाण्डे १२०, महामन्त्रीमा विक्रम खनाल २१७, सुरेन्द्रराज आचार्य २११, जन्मजय तिमिल्सिना १२७ र खिमानसिंह रायमाझी १२४, सहमहामन्त्रीमा विष्णु मुस्कान २१७, निमा गिरी १९७, खगराज पाण्डे १९१, माया पुन १४२, सरिता चौधरी १३२ र लक्ष्मीनारायण शाह १३१ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend