logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

    वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

    4.1K
    Shares

    मकवानपुर । नेपाली काङ्गेसको १४ औँ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचनमा उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जनले  क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याएका हुन । 

    उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे । 
    महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाएका थिए । महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९  मत ल्याएर विजयी भईन । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिईन । खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएको यस अघि नै घोषणा भइसकेको थियो  । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend