logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्थानीयतहको अधिवेशन नसक्दै शनिबार प्रदेश अधिवेशन

    स्थानीयतहको अधिवेशन नसक्दै शनिबार प्रदेश अधिवेशन

    2.4K
    Shares

    जनकपुर। नेकपा माओवादी केन्द्रको प्रदेश–२ मा पालिका अधिवेशन अझै सम्पन्न हुन सकेको छैन  । एक सय ३६ पालिका मध्ये ३० वटा पालिकामा अधिवेशन हुन नसकेको हो  ।

    पार्टीले प्रदेश अधिवेशनको तयारी अन्तिम चरण पुगेको दाबी गरेका छन् । माओवादी केन्द्रका प्रदेश–२ इन्चार्ज प्रलाह्द बुढाथोकी आज जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । 

    अधिवेशन शनिबार जनकपुर उद्योग वाणिज्य संघमा उद्घाटन हुने उनले जानकारी दिए । उनका अनुसार प्रदेश–२ को पालिका अधिवेशन शनिबारसम्म सम्पन्न हुने छन् । प्रदेश अधिवेशनमा ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि पालिकाबाट सहभागी हुने छन् । 

    शनिबार सातवटै प्रदेशमा एकैपटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अधिवेशनको उद्घाटन गर्ने छन् । बन्दसत्र पुस ३ गतेदेखि सुरु हुने उनले बताए । प्रदेश अधिवेशनले ९ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छन् । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक कोषध्यक्ष, एक सचिव र तीन सहसचिव चयन हुने संयोजक बुढाथोकीले जानकारी दिए ।

    पार्टीको प्रदेश–२ मा एक लाख २० हजार सदस्य छन् । प्रदेश–२ बाट २७१ जना प्रतिनिधिले केन्द्रीय अधिवेशनमा सहभागी हुने बताइएको छ । प्रत्येक प्रदेशबाट १७१ र सदस्य संख्याको अधारमा थपिने गरेको उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend