logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एनआरएनए निर्वाचन आयुक्तले दिए राजिनामा

    एनआरएनए निर्वाचन आयुक्तले दिए राजिनामा

    9.7K
    Shares

    लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।  

    पौडेल नेपाल बार एसोसिएसनका महासचिव हुन्। पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

    गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ । निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बर सम्मका लागि सरेको छ । 

    संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो । 

    निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान १० बजे सम्म उम्मेदवारी  गर्दा गर्ने समितिले जनाएको छ ।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend