logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • लामो समय पछि भिडियोमा देखिए माओत्से गुरुङ

    लामो समय पछि भिडियोमा देखिए माओत्से गुरुङ

    6.9K
    Shares

    पोखरा ।  चलचित्र निर्देशक तथा कलाकार माओत्से गुरुङ धेरैपछि म्युजिक भिडियोमा देखिएका छन् ।  रामहरी खड्काको रचना , निरोज लामाको संगीत, स्वर तथा एरेन्ज रहेको गीत ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ देखा परेका हुन् । 

    शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी ‘दोधारे’ भिडियोलाई सार्वजनिक गरिएको छ।  धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाई भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ ।

    सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्न लायक छ, जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी,सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन रहेको छ । ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ, रामहरी खड्का, अशिमा बस्नेतको अभिनय रहेको छ ।

    भिडियोलाई रोनिस एण्ड ड्याडको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend