logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस महाधिवेशनः  मतदानस्थलमा धमाधम मतदान हुँदै (फोटोफिचर): 

    कांग्रेस महाधिवेशनः  मतदानस्थलमा धमाधम मतदान हुँदै (फोटोफिचर): 

    4.1K
    Shares

    काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा  कांग्रेस नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्दै शुरूआत गरेका छन् । ८६ वर्षीय गुरुङले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

    मतदान स्थलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि  मतदान गरेका छन् ।  केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै रहेका छन् ।

    यसैगरी उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन् । मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन् लामबद्ध रहेका मतदातालाई निकट नेताहरुले मत पनि मागी रहका छन् ।

    एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेका छन् । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । 
     
    आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको हो ।

    तस्विरमा हेराैं भृकुटीमण्डपमा रहेकाे मतदान स्थलः

    kulbahadur_gurnug.jpg

    CKK_KTM-_0041.jpgRatnaShrestha_KTM_RSS_27b.JPGCKC_KTM_RSS_27(2).jpegCKC_KTM_RSS_27(1).jpegCKK_KTM-_0022.jpgCKK_KTM_0048.jpgCKC_KTM_RSS_27(3).jpegCKK_KTM-2.jpgSKM_Jaleshower-20211213110201.jpgSKM_Jaleshower-20211213110201.jpgCKK_KTM_0021.jpgROS_KTM-6560.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend