logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कुन मन्त्री काे बन्ने अझै अन्याेल

    बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कुन मन्त्री काे बन्ने अझै अन्याेल

    6.1K
    Shares

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । 

    पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाउन लागेका हुन्। 

    हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागेपनि को–को कुन मन्त्री बन्दैछन् भन्ने जानकारी नआएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार हुन लागेकोभए पनि कुन मन्त्री को बन्न लागेको र कतिबेला शपथग्रहण हुँदैछ भन्ने यकिन भएको छैन ।

    नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने पक्का भएको जनाइएको छ । नेपाली कांग्रेसले भने अझै महाधिवेशन नसकिएकोले अहिलेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नहुने जनाएको छ ।  

    मंगलबार नियुक्त हुन लागेका ६ जनामा केहि मन्त्री र केही राज्य मन्त्री बन्ने स्रोतले जनाएको छ । कांग्रेस स्रोतले जनाएअनुसार अर्को पटक कांग्रेसका ३ जना मन्त्री र दुईजना राज्यमन्त्री बन्नेगरी पुनः मन्त्रिपरिषद् विस्तार हुनेछ ।  

    मुख्यमन्त्री पाण्डेले गठबन्धनमा भागवण्डा मिलाउन हालै मन्त्रालयको संख्या बढाएर ८ बाट १४ पुर्‍याएका थिए । मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेर साँझ ५ बजे शपथग्रहण गराउने तयारी गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend