logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सात वर्षीया बालिकालाई हेल्मेट लगाएर ट्राफिक सप्ताहको शुभारम्भ

    सात वर्षीया बालिकालाई हेल्मेट लगाएर ट्राफिक सप्ताहको शुभारम्भ

    3.5K
    Shares

    झापा । झापासहित प्रदेश–१ का १४ जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन ट्रफिक सप्ताह शुरु भएको हो ।

    झापामा सात बर्षीया ऋषिका भण्डारीलाई हेल्मेटलगाएर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन्  । आइतबार बिहान आयोजित उद्घाटन कार्यक्रममा प्रभातभेरिको समेत आयोजना गरिएको थियो ।  साताव्यापी आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले दुर्घटना बढिजसो चालकको लापरबाहीका कारण हुने भएपनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने धारणा ब्यक्त गरे का थिए। कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने बताए ।

    प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा कार्यक्रम भएको हो । ट्राफिक सप्ताह कार्यक्रम प्रदेशभर साताव्यापी रुपमा जिल्लाका विभिन्न स्थानमा पुष १० गतेसम्म संचालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend