logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अर्को सूचना नभएसम्म वाग्मती प्रदेशसभाको बैठक स्थगित

    अर्को सूचना नभएसम्म वाग्मती प्रदेशसभाको बैठक स्थगित

    3.9K
    Shares

    मकवानपुर । वाग्मती प्रदेशसभाको बैठकमा बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल नेकपा एमालेले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिने भएसँगै सदनमा अवरुद्ध गरिएको हो ।

    सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरुआत गरेसँगै विपक्षी दलले सदनमा उभिएर अवरोध सिर्जना गरेको थियो । सदनमा बोल्दै एमाले सांसद केशवराज पाण्डेले सदनमा विपक्षीले उठाएको प्रश्नको जवाफ नदिएर सरकार पन्छिन खोजेको आरोप लगाउँदै सदन सञ्चालन गर्न नदिने बताएका थिए । विपक्षीको अवरोधसँगै सभामुखले अर्को सूचना नभएसम्मका लागि सदनको बैठक स्थगित गरे ।

    प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।

     एमालेले बुधबार पनि सदन अवरुद्ध गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend