logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • उदयपुरको कटारीको मर्जेतपुर डाँडाबाट प्याराग्ल्याडिङ्गको परिक्षण उडान

    उदयपुरको कटारीको मर्जेतपुर डाँडाबाट प्याराग्ल्याडिङ्गको परिक्षण उडान

    3.7K
    Shares

    उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकाले प्याराग्ल्याडिङ्गको सफल परिक्षण गरेको छ ।  नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र बहादुर कार्कीले एक कार्यक्रमको आयोजना गरी प्याराग्ल्याडिङ्गको परिक्षण उडान उद्घाटन गरेका हुन् ।

    कटारी नगरपालिकाको वडा नं. ७ मर्जेतपुरको डाँडाबाट प्याराग्ल्याडिङ्गको परिक्षण उडान सहित जिपलाइन र रक क्ल्याबिङ्गको सफल परिक्षण गरिएको हो । कटारी नगरपालिकाको आर्थिक सहयोग तथा गडीकोट पर्यटन व्यवस्थापना समितीको आयोजनामा प्याराग्ल्याडिङ्ग उडान सहित जिपलाइन र रक क्ल्याबिङ्गको सफल परिक्षण गरिएको हो ।

    कटारी नगरपालिकालाई पर्यटन प्रवर्द्धन संग जोड्नको लागी प्याराग्ल्याडिङ्ग, जिपलाइन र रक क्ल्याबिङ्गको सुरुवात गरिएको भन्दै यसको डिपीआर तयार गरेर निरन्तर्ता दिने कटारी नगरपालिकाले जनाएको छ । कटारी नगरपालिकाले गडीकोट पर्यटन व्यवस्थापना समिती संग सहकार्य गरेर यसलाई ब्यबस्थित गर्नेर र १ नं प्रदेशकै नमुनाको रुपमा बिकास गरिने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

    परिक्षण गरिएको प्याराग्ल्याडिङ्ग ७५० मिटर हाइ अल्टिच्युटबाट टेकप गरेर १५ सय देखी १६ मिटर उचाइ सम्म पुग्न सकिने र उक्त क्षेत्र बाट प्याराग्ल्याडिङ्गमा उड्दा सगरमाथा देखी छिमेकी जिल्ला रामेछाप, ओखल्ढुङ्गा, सुनकोशी नदी सम्मको अवलोकन गर्न सकिने बताइएको छ ।

    Screenshot 2021-12-25 165100.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend