logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • धनगढीका चार विद्यार्थीले बनाए ‘विद्युतीय कार’

    धनगढीका चार विद्यार्थीले बनाए ‘विद्युतीय कार’

    3K
    Shares

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले विजुलीबाट चल्ने सवारी साधन बनाएका छन् ।

    एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरेका हुन् ।

    सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना भाइरसको महामारीको दोस्रो लहरको समयमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका बेला बनाएका थिए । करिब डेढ लाख रुपैयाँ खर्चमा बनाएको उक्त कार बनाउन चार महिना लागेको ऋषिकेश थापाले बताए ।

    खाली समयको सदुपयोग गरौं भन्ने उद्देश्यअनुसार चारजना कार निर्माणमा जुटेको र घर परिवार र विद्यालयको सहयोगले सफल भइएको उनको भनाइ छ ।  उक्त कारको लोड क्षमता सात क्वीन्टल रहेको छ । त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend