logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  •  युट्युबमा अश्लिल भिडिओ राख्ने पक्राउ

     युट्युबमा अश्लिल भिडिओ राख्ने पक्राउ

    2.7K
    Shares

    काठमाडौं । युट्युबमा अश्लिलता सामाग्री प्रसारण गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

    प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन् । आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

    विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । प्रहरीले  अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend