logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु, सर्लाहीको बयलवासमा तनाव

    प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु, सर्लाहीको बयलवासमा तनाव

    1.9K
    Shares

    सर्लाही । सर्लाहीमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएपछि बयलवास बजार तनावग्रस्त बनेको छ । आइतबार राती इलाका प्रहरी कार्यालय केशरगञ्जको प्रहरी भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५, बस्ने ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

    केशरगञ्ज प्रहरीको ना १ झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जाने क्रममा ईश्वरपुर नगरपालिका–७ विपरीत दिशाबाट आउँदै गरेको ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक रामकुमार महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याइएको र यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

    रामकुमारको मृत्युपछि आफन्त र स्थानीयवासीले सोमबार बिहानैदेखि बयलवास बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाबारे मृतकको परिवारलाई ढिलो गरी जानकारी गराइएको र घटना शङ्कास्पद भएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

    इलाका प्रहरी कार्यालय केशरगञ्जमा मृतकका परिवार, स्थानीय अगुवा र प्रहरीबीच सोमबार दिउँसोदेखि नै वार्ता चलिरहेको छ । मृतक रामकुमारले बयलवास बजारमा फेन्सी पलस सञ्चालन गर्दै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend