logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पर्सामा डेढ क्वीन्टल गाँजा बरामद्

    पर्सामा डेढ क्वीन्टल गाँजा बरामद्

    2.7K
    Shares

    पर्सा । पर्साको पोखरियाबाट लंगडी जाने क्रममा सोमबार साँझ शसस्त्र प्रहरीले ठूलो परिणामको प्रतिवन्धित लागुऔषध गाँजा सहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २ बाहिनी बर्दिवासबाट खटेको स्क्वाड टोलीले पर्साको ग्रामिण क्षेत्रबाट १५ पोका प्रतिवन्धित लागुऔषध गाँजासहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।

    बा २ च ६५५३ नम्बरको पिक अप भ्यानमा फल्स बटम बनाई पर्साको पोखरीयादेखि लंगडीतर्फ जाने सडक खण्डबाट एक सय ५० किलोग्राम ९१५० पोका गाँजा बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

    प्रहरीलाई देखेपछि भ्यानका चालक भने भाग्न सफल भएको शसस्त्र प्रहरी बल गण नम्बर १३ का निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले बताए। बिशेष सूचनाको आधारमा बाहिनीबाट नै खटेको टोलीले प्रतिवन्धित लागुऔषध र गाडिलाई भने नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।

    सो पिक अप भ्यान र बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि लगत्तै नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरिक्षक दिपक थापाले बताए। उक्त गाँजा मकवानपुरबाट ल्याएर भारततर्फ लान थालिएको हुन सक्ने प्रहरीको अनुमान छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend