logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बझाङ छबिसपाथीभेरा–७ बुडखोरीमा एकजना मृत फेला

    बझाङ छबिसपाथीभेरा–७ बुडखोरीमा एकजना मृत फेला

    3.7K
    Shares

    बझाङ । बझाङ छबिसपथिभेरा गाँउपालिका –७ बुडखोरीमा एक जना मृत फेला परेका छन् । बभाङमा आज छुट्टाछुट्टै ठाँउमा २ जना पुरुष मृत अवस्थामा फेला परेका हुन् । 

    मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा – ७ का र एक जना सुर्मा –१ का रहेका छन् । उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

    छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका वर्ष ४८ का जंग धामी घर नजिकै नौकाटे भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।

    धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । दुबै जनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend