logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बझाङ छबिस पाथिभेरामा हिमपात सुरु, जनजीवन कष्ठकर

    बझाङ छबिस पाथिभेरामा हिमपात सुरु, जनजीवन कष्ठकर

    3.4K
    Shares

    बझाङ । मुलुकका उच्च हिमाली क्षेत्र अहिले हिउँले सेताम्मे भएका छन् । बझाङको छबिस पाथिभेरा –७ मा पनि हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजिवन कष्ठकर बनेको हो । 

    बिगत तिन–चार दिन देखि लगातार रुपमा हिमपात भईरहेको स्थानिय सम्भु धामीले बताए । हिमवात भएपछि घर बाहिरको काम ठप्प भएको उनले बताए । उनले भने, ‘गाइबस्तु गोठबाट बाहिर निकाल्ने अबस्था छैन, हिउँ पर्न थालेपछि बाख्रा चराउन गोठालो जान पनि समस्या भएको छ । ’

    ‘यहाँका ठाडे, लामन, चिलौन लगायत मैदान, ढल्कनधार, जाडे सबै ठाँउहरु हिउले टम्म भएका छन् । युवा तथा केटाकेटीहरु रमाईरहेका छन् । अज धनगडी काठमाडौं बाट घर पुगेकाहरु फोटो र टिकटकमा ब्यस्त छन’् । तर हिमपात भएसंगै बुढापाका ब्यक्तीलाइ भने बाहिर भित्र गर्न समेत समस्या भैरहेको धामीले बताए । 

    सोहि जिल्लामा दुई जना पुरुष मृत फेला परेका थिए, उनिहरुको पनि चिसोबाट मृत्यु भएको हुनसक्ने बताईएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend