logo

२०७९ जेष्ठ ९ सोमबार

logo
  • सोमबार, ९ जेष्ठ २०७९
  • सङ्घीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

    सङ्घीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

    429
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले भने  “सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्रसेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।”



    हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै सङ्घीयतालाई मजबुत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको स्थायी अङ्ग कर्मचारी जनतासँग दैनिकरूपमा प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ, जिम्मेवाररूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कर्मचारीले जनताको सेवकका रूपमा कार्यसम्पादन गर्नुपर्ने आवश्यकता आँैल्याए । 

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजनक तरिकाले सहजरूपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।  कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यवहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको एकमहिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक एवं व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए । 

    कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम सञ्चालन गरिएको बताउँदै तालिममा ११ जिल्लाका सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालयका कर्मचारी सहभागी रहेको बताउनुभयो । लगभग दुई वर्षअघि स्थापित प्रतिष्ठानले पाँचवर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको बताउँदै उहाँले दुई वर्षभित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि दुई नम्बर थपिन्छ । तालिमका लागि सूचना प्रकाशन गर्दा १७८ जनाले आवेदन दिएको र तीमध्ये १२० जना छानिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend