logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • खानेपानी संस्थाको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी

    खानेपानी संस्थाको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी

    5.1K
    Shares

    नवलपुर । नवलपुरमा भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका छन ।

    संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन ।

    खानेपानीको चुनाव ६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतले विजयी भएका छन ।

    निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गरेका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी भएका छन् । भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत भएका हुन् । गठबन्धनका उम्मेदवार पौडेलले ५५९ मतान्तरले पराजित भएका हुन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend