logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

    किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

    4.2K
    Shares

    सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

    मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगरप्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीसहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताए । घारसहितको मौरी वितरण गर्दे नगरप्रमुख खत्रीले सहभागीलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोगसमेत गर्ने धारणा राखे । उनले ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गता परिवारलाई घारसहितको मौरी वितरण गरिएको बताए । 

    अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत  चैनपुर  नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४  देखि २० गतेसम्म  मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान  छनोट गरिएको भण्डारीले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend