काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा शीर्ष नेताहरु एमाले प्रवेश गरेका छन्।
उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको समेत उपस्थिति थियो।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend