logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बझाङ छबिस पाथिभेरा गाउँपालिकामा एकजना सुतेकै अबस्थामा मृत फेला

    बझाङ छबिस पाथिभेरा गाउँपालिकामा एकजना सुतेकै अबस्थामा मृत फेला

    5K
    Shares

    पारस धामी / बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा एकजना ब्यक्ती गएराती आफ्नै कोठामा मृत अबस्थामा फेला परेका छन् ।  छबिस पाथिभेरा गाउँपालिका –७ पर्ने बुडखोरीको पाटे भन्न्ने ठाँउमा १८ वर्षका युवक मनोज धामी मृत अबस्थामा फेला परेका हुन् । 

    साँझ खाना खाएर सुतेका उनि बिहान मृत अबस्थामा भेटिएको त्यहाँका स्थानिय पारस धामीले जानकारी दिए । उनका अनुसार मृतक सिमेन्ट लगाएको घरमा झ्याल ढोका सबै बन्द गरेर आफु गुम्म कोठा भित्र आगो बालेर सुतेका थिए, यसरी अक्सिजनको अभाब हुँदा उनको मृत्यु भएको हुनसक्ने उनले बताए । 

    मृतक सोही गाउँपालिकामा पर्ने मजखोरी उच्च माध्यामिक विद्यालयमा कक्षा दशमा पड्थे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend