logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • २३ वर्षीया समी विष्ट एमाले बाजुरा जिल्ला सदस्यमा सर्वसम्मत चयन, कान्छी सदस्य भन्दै देशैभरबाट बधाई

    २३ वर्षीया समी विष्ट एमाले बाजुरा जिल्ला सदस्यमा सर्वसम्मत चयन, कान्छी सदस्य भन्दै देशैभरबाट बधाई

    5.3K
    Shares

    धनगढी । एमाले बाजुरा जिल्ला कमिटी सदस्यमा २३ वर्षीया समी विष्ट सर्वसम्मत चयन भएकी छन् । बाजुराको बुढीगंगा नगरपालिका–७ की विष्ट सातौं जिल्ला अधिवेशनमा महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

    विद्यार्थी जीवनमै एमालेको राजनीतिक यात्रा सुरु गरेकी विष्टले चार वर्षमै जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । चार वर्ष पहिले विष्टले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीति यात्रा सुरु गरेकी थिइन् । 

    कक्षा–८ देखि राजनीतिमा चासो राख्दै आए पनि परिवारले राजनीतिमा आउन रोक लगाएको उनी बताउँछन्। ३५ वर्षदेखि राजनीतिमा होमिएर केही गर्न सकिएन, योगदान र क्षमताको कदर हुँदैन, त्यसैले राजनीतिमा जानु हुँदैन भनेर परिवारले रोक लगाउथ्यो। तर यो कालखण्डलाई पन्छ्याउँदै आफू राजनीतिमा आएको उनले बताइन् ।

    विष्टले बुवाबाट प्रभावित भएर विभिन्न कालखण्डलाई सामना गर्दै अहिले एमाले जिल्ला कमिटीको सदस्यमा आउन सफल भएको बताइन् । ‘बुवाको ३५ वर्षीय राजनीति जीवन अहिले कुनैपनि पार्टीको संगठनमा आवद्ध हुनुहुन्न। बासँगै राजनीति सुरुवात गरेकाहरु अहिले पार्टीका शीर्ष नेताका रुपमा स्थापित छन्, लामो समयसम्म राजनीतिमा लाग्दासम्म कुनै स्थान नदिएपछि बुवाले राजनीति यात्रा समाप्त गर्नु भो,’ उनले भनिन्,‘बुवाको राजनीतिमा अधुरै रहेको सपनालाई साकार गर्नकै लागि विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी हुँ।’

    विष्टसँगै अधिकांश पदाधिकारी र सदस्यहरु पनि युवापुस्ता नै चयन भएका छन्। बाजुरा जिल्ला कमिटीमा २३ वर्षीया समी विष्टले जितेपछि देशभरका अखिल कार्यकर्ताले कान्छी सदस्य भन्दै बधाई दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend