logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश सरकारको कामै छैन राज्यको खर्च बढाउने माध्यम मात्रै भयो : चन्द्र भण्डारी

    प्रदेश सरकारको कामै छैन राज्यको खर्च बढाउने माध्यम मात्रै भयो : चन्द्र भण्डारी

    5.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेपालको कानुनले नेताहरुसामु अत्मसमर्पण गरेको बताएका छन् ।

    सुनौलो नेपालसगँको कुराकानीमा नेता भण्डारीले देश सिध्याउन लागि परेकाहरु आज एक लाख धरौटि बुझाएर छुटेको भन्दै नेपालमा कानुन अनुसार व्याक्ति नभई व्याक्ति अनुसार कानुन पछि लागेको बताएका हुन् ।  “कानुनले तेरो मेरो व्याक्ति हेर्दैन गल्ति गर्ने जो काही होस कारवाही गर्नुपर्छ । नेपालमा कानुन ठिक छ तर कानुन अनुसार कसैलाई पनि कारवाही भएन ।” उनले भने देशको सिमा मिचिदा पनि नवोल्नेलाई हार्दिक श्रदाञ्जली भन्दा अरु केही भन्न सकिदैन ।   

    देशको सिमा सुरक्षाको विषयमा सरकार नबोल्ने, प्रतिपक्षले संसद चलाउन नदिने ? उनले भने  “भारतमा मोदिले लिपुलेकमा सडक बनेकोबारे बोलेपछि प्रतिपक्षले संसद चल्न दिएर प्रधानमनत्रीले संसदमा यस विषयमा छलफन चलाउनुपर्ने थियो । ”

    chandra bhandari .jpg

    कम्युनिष्टहरुले ढाटेरै दुई तिहाई ल्याएकोमा त्यसलाई सम्हाल्न नसकेर ३ वर्षमानै पतन भएको बताउदै का्रग्रेस नेतृत्वको सरकारले पनि जनतामा  खुशी दिन नसकोको दुखसो गरे ।  नेपालमा छिनछिनमा विभिन्न काण्डहरु आउने गरेको बताउदै नेता भण्डारीले देशको अस्तित्वमाथी आँच पुर्याउने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने उनको भनाई छ ।  उनले भने –“ललिता निवास प्रकरणमा प्रहरीले ३ वर्ष सम्म छानविन गरेको फाईललाई एउटा सरकारी वकिलले पल्टाउनु कहाँ सम्मको अन्याय हो ? यस्तै ओम्नी काण्ड छ, अहिलेको नारायणहीटी दरवार संग्रांहलय काण्ड छ यी लगाएतका जतिपनि काण्डहरु छन् त्यसमा सामेल सवैलाई कारवाही गर्नुपर्छ ।”

    उनले नारायणहीटी दरवार संग्राहलयमा रेष्टुरेण्ट चलाउन खोज्नेलाई होईन यसका लागि अनुमति दिनेलाई कारवाही गर्नुपर्ने बताए ।  नेपालमा उच्च पदमा बसेकाले देश समुन्नत बनाउने आम्दानी बढाउने बारेमा नसोचेर आफ्ना आसेपासेलाई राम्रो बनाउने सोच राखेका कारण देशमा परिवर्तन नभएको उनले ठोकुवा गरे । 
    “मन्त्री प्रधानमन्त्रीले मुलुक र जनतालाई हेरेर योजनाहरु बनाउनुपर्छ । आफ्ना मान्छेलाई रोजगारि दिने योजना बनाईयो भने कसरी देशको विकास हुन्छ ?”

    नेपाली नेतासगँ देशको सिमा सुरक्षा, भ्रष्टाचारको अन्त्य, पुर्वाधारमा जनताको पहँच  र स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने एजेण्डा हुनुपर्नेमा त्यसो हुन नसको उनको भनाई छ । नोपली काग्रेसको १४ औं महाधिवेशनले सक्षम युवाहरुलाई नेतृत्वमा पुर्याएको बताउदै संसदमा सक्षम व्याक्ति पुर्याउनका लागि सक्षम मानिसलाई पार्टीले टिकट दिनुपर्नेमा जोड दिए ।  

     

    chandra-bhandarii-ss.jpg
    प्रदेश सरकारको कुनै काम नै नभएको बताउदै नेता भण्डारीले प्रदेश सरकार राज्यको खर्च बढाउन मात्रै भएको पनि जिकिर गरे ।  “स्थानिय तह बरु जनतासामु पग्न खोजेको छ तर प्रदेश सरकारको त केही कामै छैन राज्यको खर्च बढाउन मात्रै जस्तो देखिएको छ  ”–उनले भने । 
    नेपाली कांग्रेसलाई गठबन्धन नफाप्ने बताउदै आउने चुनावहरुमा काग्रेस एक्लै जानुपर्ने पनि उनले बताए ।  
       


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend