logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न मन्त्री श्रेष्ठको चेतावनी

    साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न मन्त्री श्रेष्ठको चेतावनी

    3.8K
    Shares

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी दिएकी छन् । आफ्नै छापाखाना, देशभर फैलिएको विक्रीकक्ष, अनुभवी कर्मचारी हुँदाहुँदै पनि साझा प्रकाशन कमजोर हुँदै गएकोमा आपत्ति जनाउँदै मन्त्री श्रेष्ठले अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न त्यसको संचालक समितिलाई चेतावनी दिएकी हुन् । 

    शुक्रबार ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको भवनमा आयोजित साधारण सभामा बोल्दै उनले साझा प्रकाशनलाई सफलतातर्फ डोहार्‍याउन  सकिने तर त्यसका लागि त्यहाँको संचालक समिति र कर्मचारी इमान्दार तथा मेहनती हुनुपर्ने स्पष्ट पारिन् । 

    मन्त्री श्रेष्ठले साझा प्रकाशन कमजोर हुनुको कारणबारे खोजी गरेर मात्रै त्यसको सफलताका लागि अघि बढने सकिने धारणा पनि राखिन् । उनले आफू साझा प्रकाशनको उन्नतिका लागि आवश्यक साथ र सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताईन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend