logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • खोप लगाउन बालबालिका नआएपछि करिब १५ सय डोज खोप फिर्ता

    खोप लगाउन बालबालिका नआएपछि करिब १५ सय डोज खोप फिर्ता

    3.8K
    Shares

    रसुवा । रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको खोपमध्ये १४ सय ९० डोज स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो ।

    गत ११ देखि १८ पुससम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । तर तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्यांकका बालबालिकाले खोप लगाउन नआउँदा खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ‘पुस ११ देखि १३ गतेसम्म खोप अभियान रहेको थियो, हामीले पाँच दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन ग¥यौं, विवरणअनुसार पाँचवटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।

    गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए । स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका चार हजार सात सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको थियो । जसमध्ये ३४ सय तीनजना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका चार सय २७ जना बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको थियो ।

    जसमध्ये दुई सय ४८ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ५८ दशमलब शून्य ७ प्रतिशत हो । गोसाइँकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका आठ सय ७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा पाँच सय ८८ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६७ दशमलब ५८ प्रतिशत हो । 

    नौकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १२ सय ७१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा आठ सय ४१ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६६ दशमलब १६ प्रतिशत हो । त्यसैगरी कालिका गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १४ सय २४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ११ सय १६ जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ७८ दशमलब ३७ प्रतिशत हो ।

    उत्तरगया गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका सात सय ५१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ सय १० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ८१ दशमलब २२ प्रतिशत हो ।  यो तथ्याङ्क हेर्ने हो भने जिल्लामा लक्ष्यको तुलनामा ७१ दशमलब ७४ प्रतिशत १२ देखि १७ वर्षसम्मका बालबालिकाले खोप लगाएको पाइएको छ । जुन लक्ष्यको तुलनामा २८ दशमलब २६ प्रतिशत बालबालिकाले भने खोप नलगाएको देखिएको छ ।

    जिल्लामा रहेको पाँचवटै गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थीको विवरण माग गरिएकोमा प्राप्त विवरण अनुसारको विद्यार्थीले खोप नलगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । जिल्लामा खोप लगाएका बालबालिकालाई २८ दिनपछि पुनः दोस्रो डोजको खोप दिने तयारी भइरहेको उनले बताए । ९ माघबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने उनको भनाइ छ ।

    स्वास्थ्य कार्यालय रसुवाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको विवरण मागेको गाउँपालिकाका शिक्षा शाखाहरूले बताएका छन् । ६ देखि १२ कक्षासम्मका विद्यार्थीको विवरण मागे पनि उमेर समूहको नभन्दा विवरणअनुसार नभएको हुनसक्ने गोसाइँकुण्ड गाउँपालिकाको शिक्षा शाखाका प्रमुख धुब्रप्रसाद लामिछानेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend