logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • चालू आर्थिक वर्षको पाँच महिनामा अर्ब बढीको छुर्पी निर्यात, नेपालको छुर्पी विदेशमा पाल्तु कुकुरको खाना

    चालू आर्थिक वर्षको पाँच महिनामा अर्ब बढीको छुर्पी निर्यात, नेपालको छुर्पी विदेशमा पाल्तु कुकुरको खाना

    6.1K
    Shares

    काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।
    भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ ।

    कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ । ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend