logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    2.6K
    Shares

    नयाँदिल्ली ।  भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६।२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।  यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ । 

    सोही अवधिमा थप ३१४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

    हाल यहाँ सात हजार ७४३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या १५ लाख ५० हजार ३७७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो  संख्या कूल सङ्क्रमितको ४।१८ प्रतिशत भएको समाचारमा जनाइएको छ । 

    भारतमा एक लाख ३८ हजार ३३१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ५० लाख ८५ हजार ७२१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५१ प्रतिशत रहेको जनाइएको छ । 

    कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड २४ लाख ४८ हजार ८३८ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५६ करोड ७६ लाखभन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend