logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाली कांग्रेस पार्टीमा कुनै असहजता छैन: केन्द्रीय सदस्य गच्छदार

    नेपाली कांग्रेस पार्टीमा कुनै असहजता छैन: केन्द्रीय सदस्य गच्छदार

    3.1K
    Shares

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । 

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गरे । उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे ।

     पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे । 

    उनले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए । 

    अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई विर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उनको सुझाव थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend