logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जुम्लाको गुठीचौरमा पाँच महिनामा करिब चार लाख  राजस्व सङ्कलन

    जुम्लाको गुठीचौरमा पाँच महिनामा करिब चार लाख  राजस्व सङ्कलन

    4.3K
    Shares

    जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख  राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए ।

    गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ । 

    वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा  गाउँपालिकाले विभिन्न शीर्षकबाट  २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend