logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बिदेशमा निर्यात हुदै आएको खुकुरीको ‘स्पाइस्ड रम’ अब नेपाली बजारमा

    बिदेशमा निर्यात हुदै आएको खुकुरीको ‘स्पाइस्ड रम’ अब नेपाली बजारमा

    3.3K
    Shares

    काठमाडौँ-   नेपाल मात्र नभई विश्व बजारमा रमको चर्चित नेपाली  ब्राण्ड  ‘खुकुरी’ले नयाँ प्रडक्ट  ‘खुकुरी स्पाइस्ड रम’  नेपाली बजारमा ल्याएको छ ।

    विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स (XXX) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको थियो ।

    ‘द नेपाल डिस्टीलरिज प्रा लि ’ ले  बिदेश निर्यात गर्दै आएको ‘खुकुरी स्पाइस्ड रम’ नेपाली बजारमा पनि  ल्याएको हो।  

    कम्पनीले गरेको एक अध्यनमा नेपाली रमका पारखीहरुले ‘खुकुरी एक्स एक्स एक्स  रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेको पाईएको भन्दै ग्राहकको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको जनाएको छ ।

    यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको  कम्पनीले जनाएको छ। 

    नेपाली बजारमा  ‘खुकुरी स्पाइस्ड रम’ ल्याउनु अघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल समेत गरिएको थियो ।  

    प्रिमियम ‘खुकुरी एक्स एक्स एक्स  रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी एक्स एक्स एक्स  रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’ का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । 

    नयाँ ब्राण्ड  प्रिमियम क्याटेगोरीको विशेष उत्पादन भएकोले स्वाद र गुणस्तरमा अझ विशेष  भएको जानकारी दिए । ‘हाम्रा ग्राहकहरुको अपेक्षाअनुसार नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ ।’ आगामी दिनमा पनि ग्राहकहरुका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend