logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु 

    राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु 

    2.4K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (मंगलबार)बाट नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु गरेको छ । एन्फाले मंगलबार बिहानबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको जनाएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको प्रशिक्षणमा ३५ खेलाडी सहभागी रहेका छन् ।

    बन्द प्रशिक्षणमा किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, सत्रुघन चौधरी, टेकेन्द्र थापा, मनिष डाँगी, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, जगजित श्रेष्ठ, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई, तेज तामाङ र आशिष राईको सहभागिता रहेको छ ।

    अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो । नेपालले मरिससँग मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा दशरथ रंगशालामा खेल्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend