logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ओमिक्रोन संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिदै आएको सेवा कटौतीे 

    ओमिक्रोन संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिदै आएको सेवा कटौतीे 

    3.1K
    Shares

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिदै आएको सेवा कटौतीे गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिदै आएको सेवाहरुमा कटौतीे गरेको हो । 

    आज बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । उनले सर्वोच्चको फुलकोर्टको बैठकले अन्य नियमित सेवा दुई हप्ता अर्थात माघ १८ गतेसम्म संकुचन गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता दाहालले सर्वोच्चका न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना र देशभरका अदालतमा गरी सय जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको बताए । उनले सर्वोच्च अदालतले भोलीबाट बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ गर्ने निर्णय भएका बताए । 

    बैठकले मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकि रहेका मुद्दाको सुनुवाइ लगायतका काम मात्र नियमित गर्ने निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए । 

    प्रवक्ता दाहालले अदालतमा अनावश्यक भीडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको जानकारी दिए । उनले अदालतका कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न लगाउने तथा घरबाट नै (वर्कफर्म होम) काम गर्न सक्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको बताए । उच्च अदालत,जिल्ला अदालत र मातहतका न्यायाधीकरणको हकमा स्थानीय स्थिति अनुसार निर्णय लिन सक्ने गरी सेवा न्यूनीकरण गर्ने विषयमा निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend