logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य यादव एमालेमै फर्किने घोषणा, छाडे पार्टी

    एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य यादव एमालेमै फर्किने घोषणा, छाडे पार्टी

    4.3K
    Shares

    काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य सरोज यादव पार्टी छाडेर एमालेमै फर्किने भएका छन् । 

    ‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चलेका कारण आफू पार्टी छाडेर एमालेमै प्रवेश गर्न लागेको बताएका हुन् ।  उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

    उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको बताए ।  ‘एमालेमै फर्किने निर्णय लिएको छु’, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

    यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

    यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend