logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कोटेश्वरमा मोटरसाइकल टिपरमा ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

    कोटेश्वरमा मोटरसाइकल टिपरमा ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

    3.7K
    Shares

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे गुडिरहेको टिपरमा ठोक्किँदा मोरङको पथरी घर भइ हाल भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको घाइतेपछि उपचारका क्रममा मंहाकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ 

    घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend