logo

२०७९ जेष्ठ ९ सोमबार

logo
  • सोमबार, ९ जेष्ठ २०७९
  • बैतडीमा कोरोना सङ्क्रमित  बढ्दै

    बैतडीमा कोरोना सङ्क्रमित  बढ्दै

    247
    SHARES

    बैतडी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उनले भने,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।” हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगिसकेका छन् ।  



    सो कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन् ।  यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक  जना छन् । सक्रिय सङ्क्रमित सबै होम आइसोलेशनमा छन् । 

    यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

    सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । सो नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो । कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म सङ्क्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend