logo

२०७९ जेष्ठ ९ सोमबार

logo
  • सोमबार, ९ जेष्ठ २०७९
  • २ करोड बजेट बराबरको निर्माणाधीन झोलुङ्गे पुल अलपत्र, मजदुरको रकम समेत कुम्ल्याएर सखाप 

    २ करोड बजेट बराबरको निर्माणाधीन झोलुङ्गे पुल अलपत्र, मजदुरको रकम समेत कुम्ल्याएर सखाप 

    715
    SHARES

    कम्लेश धामी/बझाङ ।  ठेकेदारको लापरबाहीले गर्दा छबिस पाथिभेरा गाउँपालिका –५ थलारामा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । २ करोड बजेट बराबरको पात्लिगाड झोलुंङ्गे पुल ठेकेदारको लापरबाहीले गर्दा  बेवारिसे अवस्थामा रहेको हो । 



    बझाङ जिल्लाकै सबैभन्दा ठुलो ३६५ मिटर लम्बाईमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल निर्माणमा चरम लापरबाही देखिएको हो । १ वर्षमै सक्ने भनिएको झोलुङ्गे पुल २ वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम सम्पन्न नभएको त्यहाँका स्थानीय कम्लेश धामीले सुनौलो नेपाललाई जानकारी दिए । 

    उनले भने “पुल निर्माणमा प्रयोग हुने सामाग्री नट बोल्टहरु खिया लागेर काम नलाग्ने भईसके, सिमेन्टका कैयौं बोरा म्याद नागेर ढुङ्गा जस्तै बनेका छन ।”

    पुलको ठेक्का पाएका सुरेन्द्र बुढाले पुल निर्माणमा काम गर्ने मजदुरको ज्याला समेत नदिएको स्थानीय मजदुर गजेन्द्र ठगुन्नाले गुनासो गरे । बुढाले करिब १६ लाख बराबरको मजदुरको बजेट मजदुरलाई नदिएको उनले बताए । उनले भने “हातका औँलामा रगत बग्न सम्म गिट्टि कुटेर, भोक तिर्खा नभनी मिहिनेत गरेर काम गर्‍यौं त्यसको ज्याला समेत पाएका छैनौँ ।”

    271778233_2063265503842388_5620556893474137004_n.jpg

    खोला धेरै भएकाले स्थानीयवासी ओहोरदोहोर गर्न वर्षौंदेखि समस्या भोग्दै आएका छन् । यत्रो समय बितिसक्दा पनि पुल निर्माणको काम अघि न बढ्दा स्थानीय चिन्तित बनेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend