logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार

    कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार

    4.6K
    Shares

    धनगढी । कैलालीमा एक जनाले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतबार साँझ श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।

    उनी श्रीमतीको हत्या गरेर फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घर झगडाकै बेला रोका मगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    हत्या गरी फरार रहेका रोका मगरको खोजी साथै घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend