logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ वटा मिसाइल प्रहार

    उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ वटा मिसाइल प्रहार

    611
    SHARES

    एजेन्सी  । उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो । योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाईल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाईल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । 



    उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्थक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुबिधा नभएको बाइडेन प्रशासनले जनाएको छ । 

    उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता विनानिस्कर्ष टुंगिएको थियो । आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो ।

    आफ्नो रक्षाका लागि मिसाईल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् । यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।

    उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम  जोङ इलको ८० औं बार्षिकी मनाउदैछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend