logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादीको भविष्य नै नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था आएको हो: नेता कोइराला

    माओवादीको भविष्य नै नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था आएको हो: नेता कोइराला

    11.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले माओवादीको भविष्य नै नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था आएको बताएका छन् । कांग्रेसनिकट नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेता कोइरालाले सभापति शेरबहादुर देउवाको सल्लाहमा माओ‌वादीसँग गठबन्धन गर्ने तयारी गरिएको बताए । शेरबहादुरजीले धेरै माओवादी एमाले प्रवेश गरिसकेका छन् ।  माओवादीको भविष्य नै छैन भन्दाखेरी माओ‌वादीसँग गठबन्धन गर्ने तयारी भएको उनले स्पष्ट पारे ।

    ‘‘मेरो दृष्टिकोणमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हो तर शेरबहादुरजीलाई भन्दाखेरि उहाँले माओवादीको भविष्य नै छैन, धेरै माओवादी एमाले प्रवेश गरिसकेका छन् जुन बचेकाहरू छन् उनीहरूले कोहीसँग सम्बन्ध गाँस्नुपर्छ र हामीले नगाँसे पुनस् एमालेकहाँ जान्छन्,” उनले भने, ‘‘एमाले र माओवादी मिले पूर्व चुनावमा हामी २३ सिटमा मात्र झरेका थियौँ त्यही होला कि भन्ने उहाँको चिन्ता स्वभाविक हो ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend