logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले नेता दुर्गा प्रसाईंसंग चुनाव भिड्न नसक्ने मुडमा कृष्ण प्रसाद सिटौला

    एमाले नेता दुर्गा प्रसाईंसंग चुनाव भिड्न नसक्ने मुडमा कृष्ण प्रसाद सिटौला

    13.1K
    Shares

    काठमाडौँ –   माओबादी केन्द्र छोडेर एमाले प्रवेश गरेका एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रतिनिधि सभा निर्वाचनमा उठ्ने पक्का भएको छ।

    झापा क्षेत्र नम्बर ३ का प्रसाईले चुनाव केन्द्रीत अभियानलाई जिल्लामा तिब्र बनाएका छन्। पुर्बी नेपालबाटै माओबादी सखाप पार्ने घोषणा गरेका प्रसाईले ठुलो संख्यामा माओबादीका नेता पूर्व लडाकु देखि कार्यकर्तासम्म एमाले प्रवेश गराईसकेका  छन्।

    करिव एक वर्षपछि हुनेप्रतिनिधि सभा निर्वाचन आफु उठ्ने पक्का भएको भन्दै उनले कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई भेटेरै आफ्नो बाटो खाली गरिदिन र हार्ने चुनावमा सहभागी हुन् झापा नआउन समेत आग्रह गरेका छन्।

    प्रसाईको पछिल्लो गतिबिधि र स्थानिय जनतासंगको घुलमिल देखेर कांग्रेसका नेता  सिटौला समेत झस्किएका  मात्र छैनन् प्रसाईसंग चुनाव भिड्न नसक्ने मुडमै पुगीसकेका छन् । बिर्तामोडमै दुई वटा हस्पिटल भएका प्रसाईले गरिव जनतालाई निशुल्क उपचार समेत गर्दै आएकाले जनआकर्षण काठमाडौँमा बस्ने आफुमा  भन्दा स्थानिय स्तरमै खटिएका प्रसाईको पक्षमा जाने आकंलन सिटौलाको छ।

    सिटौलालाई थप दबाब  प्रसाईको मात्र नभई उनले चुनाव लड्ने क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र पनि हो पछिल्लो समय  लिङ्देन पट्टिको आकर्षण पनि कम छैन अघिल्लो चुनावमै पनि एमालेले लिङ्देनलाई सहयोग गरेपछि लिङ्देनसंगै सिटौला चुनाव हारेका थिए ।

    यस पटक झन् मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा उठने तयारी गरेपछि लिङ्देनले कांग्रेसका समेत मत काट्ने हुँदा  सिटौलामाथि थप दवाव पर्न थालेको छ।  झापाको क्षेत्र नम्बर तीनमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र गठबन्धनको रोचक  भिडन्त हुने देखिएको छ त्यसमा सिटौला मैदानमा रहन्छन वा समानुपातिकमा बस्छन त्यो भने हेर्न बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend