logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • गफाडीहरुको काम छैन, हामी काम गरेर देखाउँ: अध्यक्ष नेपाल

    गफाडीहरुको काम छैन, हामी काम गरेर देखाउँ: अध्यक्ष नेपाल

    9.6K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गफाडीहरुको काम नभएको बताएका छन् । एकीकृत समाजवादीको जनसभामा नेपालले गफाडीहरुको काम नभएको बताएका हुन् ।

    अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी संज्ञा दिँदै गफाडीहरुले कुरा मात्रै गर्ने भन्दै आफूहरुले काम गरेर देखाउने बताएका हुन् ।

    उनले भने, ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरुको कुनै काम छैन । हामी काम गरेर देखाउँ । जनताको रुपान्तरण हुने गरी काम गरौं ।’ उनले भने, ‘विकासको गतिमा नेपाल निकै पछि छ । विकासको योजनामा हाम्रो ध्यान पुग्नुपर्छ ।’

    उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए ।  नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र  पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend