logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, ३० वर्षको जेल सजाय तोकियो

    अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, ३० वर्षको जेल सजाय तोकियो

    3.7K
    Shares
    अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, ३० वर्षको जेल सजाय तोकियो

    लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिलामाथि बलात्कार गरेको पुििष्ट भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनीमाथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि उनलाई जेल सजाय तोकिएको हो ।

    लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दा मध्ये दुईमा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिइएको छ ।

    ‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’

    ‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्विकार गरेका छन् ।

    अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ । सो फैसालालगत्तै मास्टरसनलाई बुधबार हिरासतमा लिइएको सिएनएनले जानकारी दिएको छ ।एजेन्सी

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend