logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भयो, काठमाडौं ५ का मतदाता भन्छन्– उहाँ नै प्रतिनिधि भएर आउनुपर्छ’

    ‘ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भयो, काठमाडौं ५ का मतदाता भन्छन्– उहाँ नै प्रतिनिधि भएर आउनुपर्छ’

    15.7K
    Shares
    ‘ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भयो, काठमाडौं ५ का मतदाता भन्छन्– उहाँ नै प्रतिनिधि भएर आउनुपर्छ’

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन् ।

    काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको छाप राम्रो छ । पोखरेल स्थायी बासिन्दा भएकालेपनि उनलाई मतदाताले हेर्ने दृष्टिकोण फरक छ । यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का स्थानीय बताउँछन् । ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ’, उनीहरुले भने ।
    यस क्षेत्रका स्थानीयहरु पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।

    ‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ । विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरुमा साँझ परेपछि महिलाहरुलाई एक्लै हिँड्न डर लाग्नेस्थिति थियो । तर अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सीसी क्यामेरा राखिएको छ । जसले गर्दा निर्धक्क भएर रातको १२ बजेपनि हिँडन सक्ने अवस्था बनेको छ’–स्थानीयको भनाई छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend