logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • करणी मुद्दामा १८ वर्ष कैद फैसला

    करणी मुद्दामा १८ वर्ष कैद फैसला

    1.4K
    Shares
    करणी मुद्दामा १८ वर्ष कैद फैसला

    तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।

    जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका ७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए

    परिवर्तित नाम २०७८\७९ चबहादुरले निजविरुद्ध जाहेरी  दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

    उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो । यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend