logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

    कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

    897
    Shares
    कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

    काठमाडौँ । कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार शून्यदेखि १४ वर्ष उमेरका बालबालिकामा ८ जना फरक क्षमता भएका छन् ।

    फेला परेका कुष्ठरोगका बिरामीमध्ये १ सय ८१ जना बालबालिका छन् ।  तीमध्ये ८ जना फरक क्षमता भएको शाखाले उल्लेख गरेको छ । २५ सय २२ जनामा कुष्ठरोगका नयाँ बिरामीमध्ये २५ सय १० जना उपचाररत रहेको शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend