logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः सीताराम न्यौपाने

    क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः सीताराम न्यौपाने

    2.8K
    Shares
    क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः सीताराम न्यौपाने

    काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् ।

    मंगलवार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले बताएका हुन् । उनले क्रसर व्यवसायीहरुको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुबाट प्रचारप्रसार भएको बताए ।

    उनले क्रसर उद्योगहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए । अध्यक्ष न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिव ४० अर्ब लगानी रहेको बताए । उनले अझ मेसिनहरुमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको बताए ।

    उनले क्रसर उद्योगहरुले सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको बताए । उनले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति लिएर वित्तीय संस्थाहरुको ऋणमार्फत उद्योग सञ्चालन आएको बताए । उनले धेरै लगानी गरेर पनि मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरुको नविकरण तत्काल गर्नुपर्ने बताए ।

    उनले नविकरण नहुँदा धेरै कुराहरु बैंकमा खाता समेत खोल्न समेत नपाएको बताए । उनले क्रसर उद्योगहरुको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको दाबी गरे । उनले क्रसर व्यवसायीहरु माथि सरकारले लगाएको मापदण्डले व्यवसायीहरुको धरासायी बन्ने अवस्था रहेको बताए ।

    उनले भने, ‘क्रसर व्यवसायीहरुलाई बदनामी गर्ने ढङ्गले प्रचारप्रसार गर्ने,शासन प्रशासन चलाउनेले समेत राजनीतिक पहुँचका आधारमा सञ्चालनमा आएको भन्ने आरोप लागेको छ । क्रसर उद्योगहरु बन्द नै होस भन्ने ढङ्गले स्वार्थ समूह रहेको विषयमा चिन्तित भएका छौं । क्रसर उद्योग क्षेत्रमा करिव ४० अर्ब लगानी छ । सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया के बाँकी रह्यो सरकारले पुष्टि गर्नुपर्छ । क्रसर उद्योगहरु दर्ता गर्नको लागि नेपाल सरकारबाट व्यवसायीहरुले ७२ सालदेखि माग गदै आएका छौं । नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति दियौं । सहकारीहरुमार्फत ऋण लिएर उद्योग सञ्चालन गरौं । क्रसर उद्योगहरु प्रतिवर्ष नविकरण गर्नुपर्छ भन्ने कुरा थाहा भयो । व्यवसायीहरुले वित्तीय संस्थाहरुबाट लिएको कर्जाको दायित्व व्यवसायीहरुले एक दिन उद्योग बढ्दा भार परेको हुन्छ । क्रसर उद्योगसँग जोडिएका स्काईभेटर,रुलर लगायतमा लगानी छ । यसरी दुवैतर्फ हेर्दा २ खर्ब बढीको लगानी छ । यति धेरै लगानी गरेर मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरुको नविकरण गरिदिनुपर्छ । नविकरण नहुँदा धेरै कुराहरु बैंकमा खाता समेत खोल्न पाएको छैन । क्रसर उद्योगलाई बन्द गराउने उदेश्यबाट कुनै एउटा समूह लागेको छ । क्रसर उद्योगहरुले गरेको गल्तीका विषयमा कानून अनुसोर भोग्न तयार छन् । क्रसर उद्योगहरुको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको हो । नेपालको भुगोल अनुसार उद्योग सञ्चालन गर्न नपाउने मापदण्ड कस्ले लेख्यो होला । क्रसर व्यवसायीहरु माथि सरकारले लगाएको मापदण्डले व्यवसायीहरुको धरासायी बन्ने अवस्था छ । मुलुकले ८ वर्षको बीचमा ५० खर्ब रुपैयाँ नोक्शान गरेको छ ।’

    महासंघले क्रसर व्यवसायीहरु जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा कर,दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको बताएको छ ।

    व्यवसायीहरुले माघमा मन्त्री परिषद्ले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरु निरन्तर नविकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend