logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • खतिवडाको दावी– ओखलढुंगामा १२ हजार बढी भोट ल्याएर चुनाव जित्छु

    खतिवडाको दावी– ओखलढुंगामा १२ हजार बढी भोट ल्याएर चुनाव जित्छु

    9K
    Shares
    खतिवडाको दावी– ओखलढुंगामा १२ हजार बढी भोट ल्याएर चुनाव जित्छु

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शपछि खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् ।

    नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो जितलाई कसैले रोक्न नसक्ने खतिवडाको तर्क छ । ‘विगत जस्तो कांग्रेसभित्र मनमुटाव छैन । हामीलाई गठबन्धन दलको पनि साथ छ ।’ खतिवडाले भने ।

    ‘मैले ५ वर्षअघि ५ हजार हाराहारि भोटले हारेँ यो पटक दुवै प्रादेशिक निर्वाचन क्षेत्रबाट ६÷६ हजार मतान्तर हुन्छ । १२ हजार भन्दा बढी भोटले चुनाव सजिलै जित्छु ।’ उनले भने । २०७४ सालमा निर्वाचित सांसदले जनताको पक्षमा र जिल्लाको विकासमा काम गर्न नसकेको बताउँदै आफुले जनताको दुःख नजिकबाट नियालेकाले सहज जित निकाल्ने दाबी गरे ।

    गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले पाएको मत विश्लेषणका आधारमा खतिवडा चुनाव जित्नेमा ढुक्क छन् ।

    ओखलढुङगामा उम्मेदवार धेरै भएपनि मुख्य प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा नै हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend