logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • गोकुल बास्कोटा भन्छन्– ‘चुनावको मुखमा १० भाइलाई अपमान नगरौं, महाधिवेशनअघि नै आत्मालोचना भइसक्यो’

    गोकुल बास्कोटा भन्छन्– ‘चुनावको मुखमा १० भाइलाई अपमान नगरौं, महाधिवेशनअघि नै आत्मालोचना भइसक्यो’

    8.8K
    Shares
    गोकुल बास्कोटा भन्छन्– ‘चुनावको मुखमा १० भाइलाई अपमान नगरौं, महाधिवेशनअघि नै आत्मालोचना भइसक्यो’

    काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले चुनावको मुखमा १० भाइको नाममा अपमान नगर्न आग्रह गरेका छन् ।

    आत्मालोचना गरेमात्र टिकट दिने भन्ने भनाइ सार्वजनिक भइरहेका बेला नेता बास्कोटाले आत्मालोचना भएर नै महाधिवेशनको प्रक्रियामा सामेल भएकाले पटक पटक यो कुरा उठाइरहनु राम्रो नभएको बताए । ‘महाधिवेशनमै उहाँहरु सामेल भइसकेको होइन,’ सुनौलो नेपाललाई विशेष अन्तर्वार्ता दिँदै बास्कोटाले भन्नुभयो, ‘केपी ओलीले कहिँ ऐलान गरेको सुनेको छैन, कसैले यो कुराको आधिकारिक घोषणा पनि गरेको छैन ।’

    बास्कोटाले आत्मालोचनाको कुरा भए रघुजी पन्त समानुपातिकको सूचीमा कसरी पर्नुभयो त भनी प्रश्न गरे । ‘अरु नेताहरुको पनि एकल एकल सिफारिस भएका छन् । यो कुरा अफवाह जस्तो लाग्छ,’ उनले भने, ।

    एमाले अहिले चुनौतीमा रहेको बताउँदै बास्कोटाले चुनावको मुखमा आफूसँग भएका नेताहरुलाई अपमान गर्नु जायज नभएको बताए । ‘जसरी एमालेप्रति आकर्षण पैदा भएको छ । एमालेले कतै पनि रड्कायो भने राम्रो हुँदैन,’ उनको भनाइ छ, ‘एमालेप्रतिको उत्साहलाई परिणाममा बदल्नका लागि आफ्नै खुट्टामा आफैं पछारियो भने एमालेको नेतृत्वको दोष हुन्छ । एमालेले होसमै भएर निर्णय गर्छ जस्तो लाग्छ ।’

    बास्कोटाले ‘सिंगौरी खेल्नका लागि गठबन्धनको भित्तो पहरो छँदा छँदै एमालेले काम नपाएर आफैं छाती चिथोरेर बस्छ र ?’ भनी प्रश्न गरे । उनले भने, ‘आवश्यकता बोध नभएको भए पार्टीमा किन बस्नु भन्नुपथ्र्यो र ?,’ बास्कोटाको प्रष्ट भनाइ छ, ‘एक जना नेतालाई टिका लगाउन एउटा खल्तीमा सिन्दुर, अर्को खल्तीमा खादा बोकेर गाडीका टायर र प्लेनका पंखा मच्चिउन्जेल कुदेका छन् भने आफैंभित्र भएका साथीहरुलाई निर्वाचनको मुखमा मानमर्दन गरेर लखेट्ने काम हुन्छ भन्ने मलाई एक रत्ति पनि विश्वास छैन । ठीक हो, म चुनाव लड्दिनँ भन्यो भने उहाँको अधिकार हो ।’

    बास्कोटाले एमालेले देशव्यापी गठबन्धन नगर्ने बताउँदै तर एमालेको चुनाव चिन्हमा चुनाव लड्न चाहनेलाई स्वागत गर्ने बताए ।

    एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको स्मरण गर्दै बास्कोटाले चुनौती दिए, ‘उनीहरुको प्रधानमन्त्री को ? एमालेविरुद्धको गठजोडको प्रधानमन्त्री को ? आधा देउवा र प्रचण्ड भन्ने छ । यो सिन्डिकेट डेमोक्रेसी हो, कार्टेलिङ हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend